भारद्वाज ऋषि के पिता का नाम - bhaaradvaaj rshi ke pita ka naam

ढाँचा:Its fair and truth kindness cost redirect

भारद्वाज हिन्दुहरुका एक महान ऋषि हुन्। भरद्वाज प्रसिद्ध सप्तर्षिमध्केका एक ऋषि हुन् । तैतित्तरीय ब्राहण भन्ने ग्रन्थमा उल्लेख भएअनुसार उनी वेदहरुका पूर्ण ज्ञाता बन्न चाहन्थे । यसको लागि उनले परिश्रम गरिरहेका थिए, किनतु वेदको पार पाउन कठिन भइरहेको थियो । त्यसपछि उनले इन्द्रको तपस्या गरेर एकएक सयका दरले तीनपटक सम्म वेदको अथ्ययन गर्ने वरदान पाएका थिए । तीनसय वर्षको आयु थप पाउँदा पनि वेदहरूको पूर्ण ज्ञान गर्ने सफलता प्राप्त भएको थिएन । यिनी उद्विग्न र निराश भएर बसेको बेलामा देवराज इन्द्र थिनका अगाडि प्रकट । अनि उनले गगनचुम्बी तीन पर्वत थिनका लगअडि खडा गराए । ती पहाडमध्येबाट एक मुठी चम्किलो बस्तु लिएर इन्द्ले भरद्वाजसँग भने तिमीले तीनसय वर्षभित्र यी तीन पहाडबाट मुठीभर वेदको ज्ञान प्राप्त गरेका छौं । अब तिमीले नै विचार गर यी पहाडहरु तिमी कहिल्यौ पार गर्न सकौला ? वेद अनन्त छन् यिनको अन्त पाउन कसरी सम्भव हुन सक्ला ?

    भरद्वाज ऋषि वेदको यस्तो अनन्ततालाई जानेर ज्यादै आश्चर्यचकित भए, साथै अनि प्रशन्न पनि । वेदहरूको ईश्वरका रुप हुन्, जब ईश्वर नै अनन्त छन् भने वेद अनन्त हुनु स्वभाविकै भयो । भरद्वाज ऋर्षिले ऋग्वेदको छैटौँ मण्डलका अनेक सूक्तहरूको दर्शन पाएका छन् । अर्थववेदका पनि अनेक मन्त्र यिनले देखेका छन् । यी देवगुरु वृहस्पतिका छोरा हुन् । यिनको जम्म हुँदा वृहस्पति र उनकी पत्नी ममताको बीचमा विवाद भएको थियो । बृहस्पति ममतासंग यो छोरा को पालनपोषण तिमी गर भन्थे भने ममता भन्थिन् – हुँदैन, यसको पोषण तपाई गर्नुहोस् । यसकारण थिनको नाम ‘भरद्वाज’ भएको हो । भरद्वाजको उचित पालनपोषण मरुद्गणले गरेका हुन् । एक पतक दुष्यन्तका छोरा भरतले ‘मरुत्स्तोभ’ नाम भएको यज्ञ गरेका थिए । त्यतिखेर मरुद्गणले उनलाई पुत्ररूपमा भरद्वाजलाई प्रदान गरेका थिए । यसपछि भरद्वाज ऋषिले भरद्वारा यज्ञ गराए जसबाट उनलाई ‘वितथ’ नाम गरेको पुत्र प्राप्त भयो ।

    आयुर्वेदको प्रसिद्ध ग्रन्थ चरकसंहितामा आयुर्वेदको पृथ्वीमा आवरण गराउने व्यक्तिको रूपमा ऋषि भरद्वाजको वर्णन गरिएको छ । पहिले तपस्या, ब्रत आदि गरेर संयमका साथ जीवन बिताउने मानिसहरूलाई पनि रोगहरूले विध्नरूपमा आएर बाधा पुर्याउन थालेपछि हिमालयमा ऋषिहरूको सभा बस्यो । तयस सभामा उपस्थित ऋषिहरूमा भरद्वाज पनि हुनुहुन्थ्यो । सभाले मानिसहरूमा रोगहरु बढेर दुःख भएकोमा त्यसको समाधान गर्ने उपायको लागि स्वर्गका राजा इन्द्रको शरणमा जाने निर्णय गर्यो । अब स्वर्गमा को जाने भन्ने प्रश्न उठ्दा सबभन्दा पहिले भरद्वाज मुनिले यस काममा आफूलार्य खटाइयोस् भनी अनुरोध गर्नुभएकोले वहाँलाई स्वर्ग गएर इन्द्रबाट उपयोगी ज्ञान लिएर आउने भनी पठाईयो । उहाँले इन्द्रलाई भेटी त्यसको समाधान बताइदिन बिन्ती गर्नुभयो । महर्षि भरद्वाज को बुद्धिवैभव देखेर इन्द्रले उहाँलाई आयुर्वेदको उपदेश गर्नुभयो । त्यसबाट आयुर्वेदको अध्ययन गर्नुभयो । यो घटनाबाट महर्षि भरद्वाजको लोककल्याण तप्परता, दयालुपन, साहस आदि गुणहरूले राम्रो सङ्केत पाइन्छ ।

    यतिमात्र होइन, रामायणको कथामा उहाँ आश्रममा भगवान् रामचन्द्रलाई भेट गर्न आएका सेनासहितका भरतको पूर्ण राजसी सम्मानका साथ बासको व्यवस्था भएको घटना उल्लेखित छ । यसका अतिरिक्त धर्मशास्त्रको इतिहास भन्ने ग्रन्थमा भरद्वाजलाई श्रौतसूत्र र गृहृयसूत्रका लेखक तथा धर्मशास्त्रका व्याख्याताको रूपमा पनि प्रस्तुत गरिएको छ ।

    महाभारतको कथा अनुसार द्रोणाचार्य महर्षि भरद्वाजका अयोनिज पुत्र हुन् । ऋषि गंङ्गाको तीरमा नित्यकर्म गरिरहेको बेलामा घृताची नामकी अप्सरा एकवस्त्र भएर गङ्गामा नुहाइन् । उनलाई त्यो अवस्थामा देख्दा भरद्वाजको नम विचलित भयो, नउको मन सम्हाले, तर इन्द्रियबाट वीर्यपात भयो । ऋषिले खसेको वीर्यलाई द्रोणनामक कलशमा हाले । ऋषिको अमोत्र वीर्यबाट बालक जन्म्यो । द्रोणकलशमा जन्मेको हुँदा बालकको नाम द्रोण रह्यो । यिनलाई वेदवेदाङ्गादि चौध विद्याको उपदेश स्वयम् ऋषिबाट भयो । शास्त्रास्त्र विद्याको शिक्षा अग्निका अवतार अग्निवेश मुनिबाट भयो । यिनै कुमार पछि शरद्वान् गौतमकी छोरी कृपीसँग विवाहित भएर गृहस्थ आश्रममा दीक्षित भएपछि द्रोणाचार्य नामले प्रसिद्ध भए ।

    जब भरद्वाजलाई वेदहरु अनन्त रहेछन् वेदहरूको पूर्णज्ञान गर्न त सयौं जन्म पनि पर्याप्त हुँदो रहेनछ भन्ने जानकारी भयो । त्यस बखत देवराज यन्द्रले त्यसतर्फ लाग्नुको सट्टा मैले बताएअनुसारको यज्ञ गर, तयसैबाट सम्पूर्ण वेदको अध्ययनबाट हुने लाभ प्राप्त गर्न सक्नेछौ भन्ने सुझाव भरद्वाजलाई दिएका थिए ।

    भरद्वाजले त्यो यज्ञ पूरा गर्ने निर्णय गरे । इन्द्रले सवै विधि विधान सिकाइदिए । सवै तयारी पूरा भयो । ती ऋषिले त्यो यज्ञमा शक्तिलाई प्रमुख स्थान दिएर उनीबाट यत्रसँग आशीर्वाद माग्ने इच्छा गरे । त्यसकारण उनी कैलाश गए । त्यतिखेर शिव र शक्ति आफूमध्ये कले बढी समयसम्म नृत्य गर्न सक्दो रहेछ भन्ने पत्ता लगाउन प्रतियोगितात्मक नृत्यमा व्यस्त थिएँ । भरद्वाजले यसरी नृत्य हेर्दा आठ दिनसम्म उभिनु परेछ । नृत्य कहिले तुङ्गिने हो भनेर केही निवेदन गर्न मौका नमिलेकाले हतोत्साह भएर ऋषि कैलाशतिर पीठ फर्काएर त्यहाँबाट ओरालो लाग्न लाग्दा उनको आफ्नो बायाँ गोडा हात र औंला कुनै आघातको काराण हलचल गर्नै नभएको ऋषिलाई अनुभव भयो र उनी त्यहीं लडिहाले । शिवजीले देख्नुभयो र उनी भएको ठाउँमा आएर सान्त्वना दिंदै उनलाई राम्रो होसमा ल्याई कमण्डलुको जल छर्केर उनलाई निको पारिदिनुभयो । शिव र शक्ति दुवैले ऋषिलाई बरदानको कृपा गर्दै तिम्रो यज्ञमा हामी दुवै आउनेछौं भन्नुभयो । यसरी ऋषि भरद्वाजले शिभको कृपा पाउनुभएको थियो भन्ने यो कथाको सार हो ।

महर्षि भरद्वाजले योगवासिष्ठ महारामायण पूर्ण रूपले प्रश्न उत्तर पूर्वक – श्रीवाल्मीकी महर्षिसँग श्रवण गर्नु भएको प्रसंग पनि योगवासिष्ठको अध्ययनबाट ज्ञात हुन जान्छ । [1]

भारद्वाज ऋषि के पिता का नाम - bhaaradvaaj rshi ke pita ka naam
यो लेख अपुरो छ। तपाईँ यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।

ऋषि भारद्वाज का जन्म कैसे हुआ?

भारद्वाज प्राचीन भारतीय ऋषि थे। । चरक संहिता के अनुसार भारद्वाज ने इन्द्र से आयुर्वेद का ज्ञान पाया। ऋक्तंत्र के अनुसार वे ब्रह्मा, बृहस्पति एवं इन्द्र के बाद वे चौथे व्याकरण-प्रवक्ता थे। उन्होंने व्याकरण का ज्ञान इन्द्र से प्राप्त किया था (प्राक्तंत्र 1.4) तो महर्षि भृगु ने उन्हें धर्मशास्त्र का उपदेश दिया।

भारद्वाज ऋषि के पिता का क्या नाम था?

भारद्वाज के पिता बृहस्पति और माता ममता थीं। ऋषि भारद्वाज के प्रमुख पुत्रों के नाम हैं- ऋजिष्वा, गर्ग, नर, पायु, वसु, शास, शिराम्बिठ, शुनहोत्र, सप्रथ और सुहोत्र।

भारद्वाज ऋषि का पुत्र कौन था?

महाभारत में द्रोणाचार्य भारद्वाज ऋषि के पुत्र थे। इनके गुरु परशुराम थे। द्रोणाचार्य का विवाह कृपाचार्य की बहन कृपी से हुआ था

ऋषि भारद्वाज की पत्नी कौन थी?

इनकी एक अन्य सन्तान भी थी, जिसका नाम था कच। भरद्वाज की पत्नी का नाम ध्वनि बताया जाता है। महर्षि भरद्वाज के दस पुत्रों में ऋजिष्वा, गर्ग, नर, पायु, वसु, शास, शिराम्बिठ, शुनहोत्र, सप्रथ और सुहोत्र ऋषि ऋग्वेद के मन्त्र द्रष्टा हैं। विद्वानों के अनुसार ये सभी भरद्वाज के विभिन्न पीढ़ियों के मन्त्र द्रष्टा ऋषि रहे हैं।